Section 11
लिखतको गोपनीयता हुने
(१) प्रत्येक व्यक्तिलाई निजसँग सम्बन्धित वैयक्तिक लिखतको गोपनीयताको अधिकार हुनेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि देहायको लिखत सम्बन्धित व्यक्तिको वैयक्तिक लिखत मानिनेछ:-
(क) शैक्षिक योग्यता सम्बन्धी प्रमाणपत्र,
(ख) चिकित्सकीय इतिहास, प्रमाणपत्र वा स्वास्थ्य परीक्षण प्रतिवेदन,
(ग) नागरिकताको प्रमाणपत्र, राहदानी, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा यस्तै प्रकृतिका परिचय खुल्ने अन्य कागजात,
(घ) बैङ्कमा रहेको खाता वा त्यस्तो खातामा रहेको रकमको विवरण,
(ङ) बैंङ्किङ्ग तथा वित्तीय कारोबारसँग सम्बन्धित चेक, ड्राफ्ट, डेभिट कार्ड, क्रेडिट कार्ड वा बैङ्क हिसाव विवरण (स्टेटमेण्ट) वा अन्य विनिमेय अधिकारपत्र,
(च) जैविक वा आनुवंशिक विवरण (वायोमेट्रिक डाटा) र ल्याप्चे सहिछाप,
(छ) अचल सम्पत्तिसँग सम्बन्धित जग्गाधनी प्रमाण पुर्जा वा जग्गाको स्वामित्व सम्बन्धी अन्य कागजात,
(ज) सवारी धनीपुर्जा (ब्लु बुक) वा अन्य सम्पत्तिको स्वामित्व सम्बन्धी कागजात,
(झ) धितोपत्र वा त्यससँग सम्बन्धित विवरण,
(ञ) कर्मचारी सञ्चय कोषको परिचयपत्र, निवृत्तभरणपत्र वा यस्तै प्रकृतिका अन्य कागजात,
(ट) तोकिए बमोजिमका अन्य कागजात।
(३) कुनै पनि व्यक्तिको सार्वजनिक निकायमा रहेको उपदफा (२) बमोजिमको वैयक्तिक लिखत कसैले सार्वजनिक गर्न वा गराउन हुँदैन।
(४) उपदफा (१) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा कुनै पनि व्यक्तिको वैयक्तिक लिखत वा त्यसको कुनै विवरण सार्वजनिक गर्न वा गराउन वा त्यसको कुनै विवरण अध्ययन, अनुसन्धान वा परीक्षण गर्न वा गराउन सकिनेछः-
(क) सम्बन्धित व्यक्तिको मञ्जुरी भएमा,
(ख) सार्वजनिक सेवा उपभोग गर्ने प्रयोजनको लागि कुनै व्यक्तिको पहिचान खुल्ने परिचयपत्र आवश्यक पर्ने भएमा,
(ग) कुनै मुद्दाको सिलसिलामा अदालत वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीको आदेश भएमा,
(घ) फौजदारी कसूरको अनुसन्धान वा अभियोजनको सिलसिलामा अधिकार प्राप्त अधिकारीले आदेश दिएमा।